माओवादी छाेडेका ज्ञान कुमार योञ्जनलाई एमालेमा दुवै हातमा लड्डु



२७ कात्तिक, रामेछाप ।
नेकपा एमालेका जिल्ला नेता ज्ञान कुमार योञ्जनलाई दुवै हातमा लड्डु हात परेको छ । माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका योञ्जन यसअघि सम्पन्न एमाले सुनापति गाउँ कमिटीको अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । सुनापति गाउँ कमिटीको अध्यक्ष रहेका योञ्जन पुनः अन्य प्रतिस्पर्धीलाई पछि पार्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन हुन सफल भएका छन् ।

उनलाई पालिका कमिटीको अध्यक्ष र महाधिवेशन बन्ने अवसर जुटेको छ । सुनापति गाउँ कमिटीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि रामकृष्ण लामा, भुवन घिमिरे, सुमन कुमार लामा, चन्द्रबहादुर मानन्नधर र रविन्स लामाले उम्मेवादरी दिएका थिए । तर सहमतिबाट प्रतिनिधि चयन गर्न निर्वाचन नगर्ने समझदारी अनुसार जिल्ला अध्यक्ष शान्ति पौडेलको संयोजकत्वमा गठित समन्वय कार्यदलले आज सहमतिको आधारमा १९ जना प्रतिनिधि चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्