केन्द्रीय सदस्यमा उम्मेदवारी दिने कैलाश ढुंगेलको घोषणा



२९ कात्तिक, रामेछाप ।
नेकपा एमालेका केन्द्रीय सदस्य कैलाश ढुंगेलले आगामी दसौ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने बताएका छन् । एमाले रामेछापका इन्चार्ज समेत रहेका ढुंगेलले महाधिवेशनमा केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी दिने बताएका हुन् ।
बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका ढुंगेलले आफूले भूगोलबाटै केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिने रामेछाप न्युजलाई बताए । उनले रामेछापको सबै वडा पालिका र केन्द्रीय महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेर एकताको सन्देश दिन सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्