मन्त्री आलेद्धारा रामेछापको विश्वाभित्र गुफाको दर्शन



३० कात्तिक, रामेछाप ।
पर्यटन मन्त्री प्रेम बहादुर आलेले रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित सुनकोसी किनारासँगै रहेको विश्वमित्र गुफाको अवलोकन एवं दर्शन गरेका छन् ।

धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित हुँदै आएको गुफाको मन्त्री आलेले दर्शन गरेका हुन् । विश्वमित्र गुफा वातावरण संरक्षण समितिले आयोजना गरेको गायत्री महायज्ञ एवं गुफाको ऐतिहासिक महत्वको विषयमा जगतगुरु मोहन चरण देवाचार्यद्धारा परिचयात्मक कार्यक्रममा मन्त्री आले सहभागी भएका हुन् । उनले विश्वमित्र गुफाको विकासको लागि आफूले सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता जनाए । रामेछाप काभ्रे र सिन्धुली जिल्लाको संगमस्थलमा रहेको विश्वमित्र गुफा ऐतिहासिक धार्मिक स्थलको रुपमा चिनिदै आएकोछ ।

प्रतिक्रिया दिनुहोस्