नागरिकको सेवामा रामेछाप नगरपालिकाः दुई वडालाई एम्बुलेन्स हस्तान्तरण



३० कात्तिक, रामेछाप ।
नगरपालिकाभित्र बिरामीलाई अस्पताल लैजान समस्या सृजना भएपछि रामेछाप नगरपालिकाले दुई वटा एम्बुलेन्स गरिद गरेर वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । नागरिकले सहज रुपमा अस्पतालसम्म पग्न सहज होस भनेर नगरपालिकाले एम्बुलेन्स गरिद गरेर वडा कार्यालयलाई बुझाएको हो ।

२१ लाख ७५ हजारमा खरिद गरिएको दुई वटै एम्बेलेन्स आज एक कार्यक्रमकोबीच नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा मगर र उपप्रमुख सृजना खड्काले वडा नम्बर १ गोठगाउँ र वडा नम्बर ५ रामपुरलाई हस्तान्तरण गरेका हुन् । नगर उप्रमुख खड्काले नागरिकहरुले एम्बुलेन्सको अभावमा ज्यान गुमाउन नपरोस भनेर दुई वटा एम्बेलेन्स खरिद गरेर हस्तान्तरण गरिएको बताइन ।

प्रतिक्रिया दिनुहोस्