दुरागाउँमा ट्याक्टर दुर्घटना अपडेटः घाइते भुजेलको पनि उपचारको क्रममा निधन
१ मंसिर, रामेछाप ।
लिखुतामाकोसी गाउँपालिका वडा नम्बर १ दुरागाउँमा भएको ट्याक्टर दुर्घटनामा परी घाइते भएका थप एक जनाको पनि निधन भएको छ । मंगलबार साँझ ट्याक्टर दुर्घटनामा परी घाइते भएका दुर्गा भुजेलको उपचारको क्रममा निधन भएको हो । ना ६ त ७२८४ नम्बरको ट्याक्टर दुर्घटनामा परी दुरागाउँका माओवादी केन्द्रका नेता ५४ बर्षिइ वर्षिय उद्धब पौडेलको घटना स्थलमै निधन भएको थियो ।
दुर्घटनामा परी दुई जना गम्भीर घाईते भएका थिए । घाइते मध्य दुर्गा भुजेलको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए । घाइते भुजेलकी श्रीमती मिन कुमारी भुजेलको भने काठमाडौंको ट्रमा सेन्टर उपचार भैरहेको छ । प्रहरीका अनुसार मिन कुमारी भुजेलको स्वास्थ्य अवस्था भने खतरामुक्त रहेको छ ।
