एमालेको महाधिवशेनमा रामेछापबाट पाँच हजार सहभागी हुने



२ मंसिर, काठमाडौं ।
नेकपा एमालेको चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुने दसौ महाधिवेशनको उदघाटन सत्रमा रामेछापबाट पाँच हजार नेता कार्यकर्ता सहभागी हुने भएका छन् । बागमती प्रदेशबाट साढे दुई लाख सहभागी गराउनु पर्ने निर्णयसँगै रामेछापबाट पाँच हजार नेता कार्यकर्ता सहभागी हुने भएका छन् । एमाले रामेछापले पाँच हजार कार्यकर्ता चितवन लैजानु पर्ने जिम्मेवारी पाएको छ । उदघाटनमा सत्रमा सहभागी भएपछि जिल्ला पार्टीको समन्वयमा पुनः जिल्ला फर्कने छन् ।
एमाले रामेछापका इन्चार्ज कैलाश ढुंगेलले महाधिवेशनको उदघाटन सत्रमा रामेछापबाट पाँच हजार नेता कार्यकर्ता सहभागी हुने रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार प्रदेश कमिटीको निर्णय अनुसार पाँच हजार कार्यकर्ता महाधिवेशनको उदघाटन सत्रमा सहभागी हुनेछन् । रामेछापबाट यसअघि १९ जना महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्