रामेछापकाे सबै वडामा वडामा भाेली माओवादीको अधिवेशन हुँदै



३ मंसिर, रामेछाप ।
नेकपा माओवादी केन्द्रले भोली देशभरका सबै वडाहरुमा एक साथ वडा अधिवेशन गर्दैछ । रामेछापमा पनि सबै वडामा भोली वडा अधिवेशन हुने भएको छ । जिल्लाको ६४ वडा वडा मध्ये ६ वडामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

बाँकी ५८ वडामा भोली एकसाथ वडा अधिवेशन हुने माओवादी रामेछापका संयोजक मैन कुमार मोक्तानले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार दोरम्बा शैलुङ्ग गाउँपालिकाको वडा नम्बर १, २, ५ र ७, सुनापति वडा नम्बर ५, उमाकुण्ड गाउँपालिकाको १ र मन्थली नगरपालिका वडा नम्बर ९ मा वडा अधिवेशन सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्