सुनापति गाउँपालिकामा माओवादीका यी हुन निर्वाचित वडाअध्यक्ष र सचिव (नामसहित)



४ मंसिर, रामेछाप ।
नेकपा माओवादी केन्द्र सुनापति गाउँकमिटी अन्तर्गत पाँच वटै वडाको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट चार वटा वडाको अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशन सम्पन्न भएपछि सुनापति गाउँपालिका–४ बेथानको वडा कमिटीको अध्यक्ष र पदाधिकारीको घोषणा भने यही ९ गते हुने भएको छ ।

सुनापति गाउँकमिटी वडा नम्बर १ गुन्सीको वडा कमिटीको अध्यक्षमा किरण चौलागाई र सचिवमा बुद्ध तितुङ निर्वाचित भएका छन ।
सुनापति गाउँपालिका–२ दिमीपोखरीको वडा कमिटीको अध्यक्षमा पदम थापामगर र सचिवमा निर्वाचन तामाङ, वडा नम्बर ३ हिलेदेवीको वडा कमिटीको अध्यक्षमा कुल बहादुर तामाङ, सचिवमा रोज ह्योल्मो, वडा नम्बर ५ खनियापानीको नवराज ढुंगाना र सचिवमा जयराम मानान्धर निर्वाचित भएका छन् ।

नेकपा माओवादी सुनापति गाउँकमिटीका संयोजक एवं वडा नम्बर ५ का वडाअध्यक्ष ठूलोकान्छा तामाङले पाँच वटै वडामा वडा अधिवेशन सम्पन्न भएको र वडा नम्बर ४ को घोषणा मात्र बाँकी रहेको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्