रामेछापमा माओवादीको ४२ वडाको अधिवशेन सम्पन्न, २२ वडामा अझै बाँकी



५ मंसिर, रामेछाप ।
रामेछापमा नेकपा माओवादी केन्द्रको ४२ वटा वडामा वडा अधिवेशन सम्पन्न भएको छ । हिजोबाट सुरु भएको वडा अधिवेशन अन्तर्गत जिल्लाको ६४ वडा वडा मध्ये ४२ वडामा सम्पन्न भएको हो ।
नेकपा माओवादी केन्द्र रामेछापका संयोजक मैन कुमार मोक्तानले बाँकी रहेको २२ वटा वडामा दुई दिनभित्र वडा अधिवेशन सम्पन्न हुने रामेछाप न्युजलाई बताए । उनका अनुसार वडा अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्