रामेछापमा पाँच बर्षिय बहिनीलाई बलात्कार हुनबाट ८ बर्षिय दिदीले जोगाइन, बलात्कार गर्न खोज्ने नेवार पक्राउ



७ र्मसिर, रामेछाप ।
रामेछापमा विद्यालयबाट घर फर्किदै गरेका दुई नाबालिकामाथि बाटो ढुकेर जबरजस्ती करणी गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । उमाकुण्ड गाउँपालिका वडा नम्बर ७ भुजी स्थित एक विद्यालयमा अध्ययन गरेर घर फर्किएका पाँच र आठ बर्षिय बालिकामाथि बजरजस्ती करणी गर्न खोज्ने सोही वडाका प्रकाश भनिने १८ बर्षिय पदम बहादुर नेवारलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ परेको छ ।

मंसिर ५ गते विद्यालयबाट घर फर्कने क्रममा एकान्त ठाउँ पारेर नेवारले सुरुमा पाँच बर्षिय बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेपछि सँगै रहेकी उनकी आठ बर्षिय दिदीले चिच्याएपछि आरोपी नेवार त्यहाँबाट भागेका थिए । पाँच बर्षिय आफ्नी बहिनीमाथि जबरजस्ती करणी हुन थालेपछि दिदीले डराएर ठूलो स्वरमा चिच्याएपछि ती आरोपीले उनलाई ज्यान माने धम्की समेत दिएका थिए । तर ती दिदीले चर्को स्वरमा चित्याएपछि उनी त्यहाँबाट भागेका थिए । जसकाे कारण उनी र उनकी बहिनी बलात्कृत हुनबाट जाेगिएका छन् ।

पीडित बालिकाहरुले बुबा आमासँग बाटोमा घटेको घटना सुनापछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा नेवारकाे विरुद्ध किटानी जोहेरी दिएका थिए । किटानी जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी चौकी भुजीबाट खटिएको टोलीले आज भुजीबाट आरोपी नेवारलाई पक्राउ गरेको जिल्ल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार आरोपी नेवारलाई सात दिन म्याद थप गरेर थप अनुसन्धानको काम अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्