केन्द्रीय सदस्यमा उम्मेदवारी दिने रत्न गौतमको घोषणा ( (भिडियोसहित)



९ मंसिर, काठमाडौं ।
नेकपा एमालेका नेता रत्न गौतमले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले बागमती प्रदेशको भूगोलबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
एमालेको वाग्मती प्रदेश कमिटीका सदस्य रहेका गौतम २०७४ सालको संसदीय निर्वाचनमा रामेछापबाट प्रदेशसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका थिए ।
निर्माण व्यवसायीसमेत रहेका गौतमले रामेछाप जिल्लाको सामाजिक कार्यमा भूमिका निर्वाह गर्दै आएका छन् । कोरोना महामारीका बेला रामेछाप जिल्ला अस्पतालसँगै सबै स्थानीय तहलाई व्यक्तिगतरुपमा अक्सिजन सिलिण्डर, अक्सिजन प्लान्टलगायतका स्वास्थ्य सामग्री प्रदान गरेर गुण लगाएका थिए ।

https://www.facebook.com/100011128423521/videos/pcb.1521105321603734/481112510237160

प्रतिक्रिया दिनुहोस्