रामेछापमा ८ बर्षिय बालिका बलात्कारको अभियोगमा ७२ बर्षिय बृद्ध पक्राउ



९ मंसिर, काठमाडौं ।
रामेछापमा फेरि आठ बर्षिय बालिका बलात्कारको अभियोगमा एक बृद्ध पक्राउ परेका छन् । रामेछाप नगरपालिका–८ मा आठ बर्षिय एक बालिकालाई घरबाट चाउचाउ किन्न गएको बेला फकाएर घरभित्र लगेर जबरजस्ती करणी गर्न खोज्ने सोही वडाका ७२ बर्षिय मंगल तामाङ पक्राउ परेका हुन् ।

परिवारले खोज्ने क्रममा बालिका तामाङको घरमा बेहोस अवस्थामा फेला परिकी थिएन । होसमा आएपछि बालिकाले आफूमाथि तामाङले गरेको हर्कतको बारेमा जानकारी गराएपछि पीडित परिवारले प्रहरी समक्ष उजुरी दिएका थिए । उजुरी पर्नासाथ प्रहरीले आरोपी तामाङलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार पक्राउ परेका तामाङलाई पाँच दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्