बन्दसत्रले दियो अध्यक्ष ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा



११ मंसिर, चितवन ।
नेकपा एमालेको जारी दसौ महाधिवेशनको बन्दसत्रले पदाधिकारी चयन गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । निर्वाचन भन्दा सकेसम्म सर्वसम्मत रुपमा पदाधिकारी चयन हुनुपर्ने प्रतिनिधिहरुको माग बमोजिम पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकारी ओलीलाई दिएको हो । शुक्रबारबाट भएको महाधिवेशनको आज पनि जारी रहेको छ । अहिले बन्दसत्र चलिरहेको छ । बन्दसत्रबाट अध्यक्ष अ‍ोलीलाई पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार दिएको छ । चितवनमा जारी १० औं महाधिवेशनबाट एमालेले सहमतिमा नेतृत्व चयनको प्रयास जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्