माओवादी रामेछाप नगर कमिटीको अध्यक्षमा पुनः तामाङ निर्वाचित



१२ मंसिर, रामेछाप ।
नेकपा माओवादी केन्द्र रामेछापको अध्यक्षमा मोतीलाल तामाङ सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । नगर अधिवेशनबाट तामाङलाई सर्वसम्मत अध्यक्ष बनाउने घोषणा गरेको हो । नगर कमिटीको तीन उपाध्यक्षमा नरेशबाबु श्रेक्ष्ठ इन्दिरा बख्रेल, र रामविष्णु बस्नेत चयन भएका छन् ।

त्यसैगरी सचिवमा निरबहादुर श्रेष्ठ, सहसचिव भिमबहादुर तामाङ र कोषाध्यक्ष सरोज कटुवाल चयन एका छन् । अधिवेशनले ६५ सदस्यीय नगर कमिटीका सदस्य पनि चयन गरेको छ । अध्यक्षमा निर्वाचित तामाङ यसअघि पनि रामेछाप नगर कमिटीको अध्यक्ष रहेका थिए । निर्वाचित अध्यक्ष, पदाधिकारी र नगर कमिटीका सदस्यहरुलाई संविधानसभाका सदस्य तारानारायण श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्