रामेछापमा मध्ये रातमा युवतीमाथि जबरजस्ती करणी गर्न खोज्ने विक पक्राउ



१२ मंसिर, रामेछाप ।
रामेछापमा एक युवतीमाथि मध्ये रातमा जबरजस्ती करणीको प्रयोस गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पाहुना बनेर ती युवतीको घरमा बास बसेर मध्ये रातमा युवमाथि जबरजस्ती करणीको प्रयास गर्ने सोलुखुम्बु दुधकुण्ड गाउँपालिका–१ का ३९ बर्षिय चित्र बहादुर विकलाई प्रहरीले फक्राउ गरेको हो ।

उमाकुण्ड गाउँपालिका–१ लाछेवरमा खाना खाएर बास बसेका विकले एक २९ बर्षिय युवतीमाथि मध्येरातमा जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेको छ । पीडित युवतीले आफूमाथि मध्ये रातमा जबरजस्तीकरण गर्न खाजेपछि प्रतिवाद गरेर बचेको बताउदै विकलाई कारवाही गर्न प्रहरी समक्ष उजुरी दिएकी थिइन ।

पीडित पक्षको उजुरीको आधारमा आरोपी विकलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार आरोपी विकलाई पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्