राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रामेछापका घिसिङ नियुक्त



१३ मंसिर, काठमाडौं ।
सरकारले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा टङ्क लाल घिसिङ ‘टलक’लाई नियुक्त नियुक्त गरेको छ । रामेछाप सुनापति गाउँपालिका–२ दिमीपोखरी निवासी घिसिङलाई सरकारले सदस्य सचिवमा नियुक्त गरेको हो । नेपाल रग्बी संघको अध्यक्ष तथा एसिया रग्बीको सदस्य रहेका घिसिङ राखेपको सदस्य सचिवमा नियुक्त भएका हुन् । नेकपा माओवादी बागमती प्रदेश कमिटीका नेता समेत रहेका घिसिङ पहिलो पटक सदस्य सचिवमा नियुक्त भएका छन् ।आज बसेको मन्त्रिपरिषद बैठकमा युवा तथा खेलकुदमन्त्री महेश्वजंग गहतराजले ३ जनाको सिफारिस गरेका थिए ।

राखेपको सदस्य सचिवको लागि ओलम्पियन दीपक विष्टसहित अच्युत लामिछाने, आरके विष्ट, रविराज कर्णिकार, ममता श्रेष्ठ, मानबहादुर गुरुङ, सुदिल शाही, टंकलाल घिसिङ, विनोदकुमार यादव, भरत महर्जन, देवराज चौलागाई, राजकुमार कार्की, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा तामाङ, भरत चालिसे छुम्बी लामा र सुनिल नकर्मी गरि १८ जनाले आवेदन दिएका थिए ।कात्तिक १ गते राखेपका तत्कालिन सदस्य सचिव रमेश सिलवाल बर्खास्त भएका थिए । उनले आफ्नो बर्खास्तविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्