रामेछापबाट एमालेको केन्द्रीय सदस्यमा तीन जना निर्वाचित



१४ मंसिर, रामेछाप ।
नेकपा एमालेको दसौ महाधिवेशनबाट रामेछापका तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । आज सम्पन्न महाधिवेशनमा औपचारिक घोषणामा एमालेका ३०१ जना केन्द्रीय सदस्य मध्ये रामेछापबाट तीन जना केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भएका हुन् । महाधिवेशनबाट कैलाश ढुंगेल, माधव ढुंगेल र कमल चौलागाई केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

कैलाश ढुंगेल बागमती प्रदेशको भूगोलबाट, माधव ढुंगेले उपत्यकाबाट र कमल चौलागाई खुल्लाबाट केन्द्रीय सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । रामेछापबाट रत्न गौतम, प्रेम बहादुर लामा र माया कार्कीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका थिए । तर अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको केन्द्रीय सदस्यको सूचिमा तीन जना भने पर्न सकेनन् । केन्द्रीय सदस्यमा निर्वाचित भएका तीनै जना यसअघि केन्द्रीय सदस्य रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्