रामेछापमा ट्रक दुर्घटनाः चालकको मृत्यु



१४ मंसिर, रामेछाप ।
रामेछापमा आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रामेछापको मन्थली नगरपालिका–६ मसानटारमा प्रदेश २–०३–००६ ख ४७६२ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट पल्टिदा चालकको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका ट्रक चालक जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका– १३ का २८ बर्षिय सुर्य बहादुर भाट क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।प्रहरीका अनुसार नारायणघाटबाट बेयर लिएर आएको ट्रक दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्