जुवा खालबाट रामेछापका केसीसहित पाँच पक्राउ



१४ मंसिर, रामेछाप ।
जुवा खेलिरहेको अवस्थमा रामेछापका एक सहित पाँच जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको कोटेश्वरमा जुवा खेलिरहेको अवस्थमा पाँच जना ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका–३२ स्थित कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेका जुवाडेहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले बताएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा घरधनी ईश्वर कार्की, काठमाडौँ–३२ पेप्सीकोला घर भएका नवराज थपलिया, काभ्रे घर भएका दीपक तामाङ, दीपक तिमल्सिना र रामेछापको खाँडादेवी घर भएका सागर केसी छन् । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले जुवा खालबाट ६ लाख ५८ हजार नगद र २० बुक तास बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्