खेलाडीको मन जित्ने गरी काम गर्न राखेप सदस्य सचिव घिसिङलाई प्रचण्डको आग्रह



१४ मंसिर, काठमार्डौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङलाई खेलाडीको मन जित्ने गरी काम गर्न आग्रह गरेका छन् । सदस्य सचिवको पदभार ग्रहण गरेपछि प्रचण्ड निवास पुगेका सदस्य सचिव घिसिङलाई बधाई दिदै प्रचण्डले खेलकुद क्षेत्रको विकासमा परिणाम निकाल्ने गरी काम गर्न आग्रह गरेका हुन् ।

प्रचण्डले खेलकुद क्षेत्रका खेलाडीले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्न आग्रह गर्दै अभिभावकीय भूमिका निर्वाह गरेर अगाडि बढनु पर्नेमा जोड दिए । प्रचण्डको भनाई उदृत गर्दै उनका स्वकीय सचिव रमेश मल्लले रामेछाप न्युजसँग भने,‘खेलाडीलाई उत्साहित बनाउने काम तत्काल अगाडि बढाउनुहोस, तत्काल गर्नुपर्ने काम र रणनीतिक रुपमा गर्नुपर्ने कामको पहिचान गरेर अगाडि बढनुहोस ।’ नबाै‌ राष्ट्रिय खेलकुद प्रतियोगीतलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने आवश्यकता रहेकामा जोड दिदै प्रचण्डले घिसिङलाई कार्यकामा स्मरणयोग्य काम गरेर देखाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्