रामेछापमा मतदाताको संख्या १ लाख ६७ हजार पुग्यो, कुन स्थानीय तहमा कति (सूचीसहित)



१८ मंसिर, रामेछाप ।
रामेछाप जिल्लामा मतदाताको संख्या १ लाख ६७ हजार ३५४ जना पुगेको छ । विहिवारसम्मको तथ्याङक अनुसार रामेछापका आठ वटा स्थानीय तहमा मतदाताको संख्या १ लाख ६७ हजार ३५४ जना पुगेको हो ।
आगामी स्थानीय तहको निर्वाचनलाई मध्ये नजर गर्दै निर्वाचन आयोगले देशव्यापी रुपमा फोटोसहितको मतदाता नामावली संकलनको काम सुरु भएको छ । यसैबीच रामेछापका स्थानीय तहमा पनि शुक्रबारबाट फोटो सहितका मतदाता नामावली संकलनको काम सुरु भएको छ । जिल्लामा मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकालाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालयले दुई चरणमा मतदाता नामावली संकलन गर्दैछ । जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार पहिलो चरणमा रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका र खाँडादेवी गाउँपालिकाको केन्द्रबाट मतदाता नामावली संकलनको काम सुरु भएको छ । त्यसैगरी दोस्रो चरण अन्तर्गत मंसिर २९ गते देखि पुस ९ गते सम्म जिल्लाको गोकुलगंगा गाउँपालिका, लिखुतामाकोसी गाउँपालिका र सुनापति गाउँपालिकाका केन्द्रबाट मतादाता नामावली संकलन हुनेछ ।
जिल्ला निर्वाचन कार्यालय रामेछाका सूचना अधिकारी गणेश थापाले दुई चरणमा गरेर मतदाता नामावली संकलनको काम सुरु भएको जानकारी दिए । उनका अनुसार मन्थली नगरपालिकाभित्रका मतदाता र अन्य मतदाताहरुले भने निर्वाच्न कार्यालय र जिल्ला प्रशासन कार्यालय रामेछापबाट नामावली संकलन गराउन सक्नेछन ।
बाहिरी जिल्ला स्थायी ठेगाना भएका मतादाताहरुको नामावली संकलन जिल्ला निर्वाचन कार्यालय रामेछापबाट मात्रै हुने बताउदै थापाले २०७७ माघ महिनासम्म एक लाख ६७ हजार ३५४ जना मतदाता कायम रहेको बताए । उनका अनुसार मतदाता नामावली संकलनको कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्थानीय तहसँग समन्वय गरेर काम गआडि बढाइरहेको रामेछाप न्युजलाई जानकारी दिए ।

यस्तो छ रामेछापको आठ वटा स्थानीय तहको मतदाताको संख्या

 

प्रतिक्रिया दिनुहोस्