रामेछापमा अल्पसंख्यक हायु समुदायका विद्यार्थीलाई नेपाल सेनाको सहयोग



२० मंसिर, रामेछाप ।
रामेछापका अल्पसंख्याक हायु समुदायका विद्यार्थीहरुलाई नेपाली सेनाले जाडोका लागि ट्रयाकसुट वितरण गरेको छ । रामेछापमा विपद् एवं विभिन्न समाजिक कार्यमा सक्रिय हुँदै आएको नेपाली सेनाले हायु समुदायका विद्यार्थीहरुको लागि ट्रयाकसुट वितरण गरेको हो ।

रामेछाप नगरपालिका–७ स्थित श्री महाकाली आधारभुत विद्यालय मुडाजोरमा अध्ययनरत ६५ जना विद्याथीलाई हिजो रामेछापस्थित श्री नयाँ गोरख गणका गणपछि प्रमुख सेनानी विष्णु सापकोटालेले ट्रयाकसुट बितरण गर्नुभयाे ।

उक्त विद्यालयमा अल्पसंख्यक हायु समुदायका विद्याथीहरुको बाहुल्यता रहेको छ । रामेछाप जिल्लामा लोपोन्मुख हायु भाषा तथा संस्कृतिको जगेर्ना गर्ने कार्यमा समेत नेपाली सेनाले सहयोग गरिरहेको छ । नेपाली सेनाका यस्ता कार्यले सैनिक र नागरिकको अझै राम्रो हुने विश्वास हायु समुदायले गरेका छन् ।
कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ, शिक्षक र स्थानीय अभिभावकको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्