राखेपका सदस्य सचिव घिसिङलाई गृह जिल्ला रामेछापमा भव्य स्वागत (फोटोफिचर)



२३ मंसिर, रामेछाप ।
राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङ ‘टलक’लाई गृह जिल्ला रामेछापमा भव्य स्वागत गरिएको छ । सदस्य सचिव भएपछि आज पहिलो पटक गृह जिल्ला आएका उनलाई जिल्लावासीले भव्य स्वागत गरेका हुन् । रामेछापको सदरमुकाम मन्थलीमा जिल्ला खेलकुद विकास समिति रामेछापले विहिवार आयोजना गरेको कार्यक्रममा सदस्य सचिव घिसिङलाई जिल्लावासीले स्वागत तथा बधाई दिएका थिए ।
घिसिङलाई बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेत लगायत जिल्लावासीले स्वागत गर्दै बधाई दिएका थिए । उक्त कार्यक्रममा खेलकुद क्षेत्रको विकासमा आफूले नयाँ काम गरेर देखाउने बताउदै रामेछापको खेल क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्