पार्टी बचाउन देउवाले नै फेरि सभापति जित्नु पर्छः कान्छाराम



२४ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले देश र पार्टी बचाउनको लागि शेरबहादुर देउवाले नै सभापतिमा जित्नु पर्ने बताएका छन् । उनले देशलाई संकट परेको बेला देउवाकै नेतृत्वमा देश अगाडि बढेको बताउदै पार्टीको नेतृत्व पनि देउवाले नै गनुपर्ने बताएका हुन् ।

रामेछाप न्युजसँग कुराकानी गर्दै तामाङले भने,‘दुई तिहाईको सरकार सञ्चालन गर्न नसकेर कम्युनिष्टले सरकारको नेतृत्व कांग्रेसलाई नै सुम्पिएका छन, देशको अभिभारा अहिले देउवाको मात्र पुरा गर्न सक्छन ।’ पार्टीलाई थप सुदृढ बनाएर लैजाने एक पटक पुनः देउवाकै नेतृत्वमा अगाडि बढनु पर्ने बताउदै तामाङले देउवाको नेतृत्वमा मात्र पार्टी एक ढिक्का भएर अगाडि बढने बताए ।

प्रतिक्रिया दिनुहोस्