माओवादी बागमती प्रदेश कमिटीको सम्मेलनमा रामेछापबाट ४४ जना सहभागी (नामसहित)



२५ मंसिर, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको आजबाट सुरु भएको बागमती प्रदेश कमिटीको सम्मेलन आजबाट सुरु भएको छ । देशभएर सबै प्रदेशको आजबाट एकसाथ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उदघाटन गरेका छन् । प्रदेश सम्मेलनमा रामेछापबाट ४४ जना प्रतिनिधि सहभागी भएका छन् । रामेछापको आठ वटै स्थानीय तहबाट गरी ४४ जना प्रतिनिधि सहभागी भएका हुन् ।
माओवादी केन्द्र सुनापति गाउँपालिकाबाट पेमा लामा, खड्ग घिसिङ, प्रेमसागर थापा, हिरा तामाङ, मनोज केसी, चन्द्र तितुङ, कमल केसी, गिता विष्ट, शान्ति लामा र गोविन्द घिमिरे रहेका छन् ।
त्यसैगरी दोरम्बा शैलुङ गाउँपालिकाबाट यशु प्रसाद चौलागाई, नेत्र लामा, चितलाल श्रेष्ठ, अम्बिका प्रसाद गजुरेल, केशव कंडेल, धनबहादुर तामाङ र खड्ग बहादुर श्रेष्ठ प्रतिनिधिको रुपमा रहेका छन् ।
खाँडादेवी गाउँपालिकाबाट खिरलाल तामाङ, मान बम्जन, रमेश तामाङ, शिव कुमार कार्की, गंगा बुढाथोकी र विक्रम दिप श्रेष्ठ रहेका छन भने मन्थली नगरपालिकाबाट रामबहादुर कार्की, उद्धवबहादुर रम्तेल, लालुमाया माझी, तेज प्रसाद सुवेदी, जयप्रकाश श्रेष्ठ, श्रबहादुर माझी रहेका छन् ।
लिखु तामाकोसी गाउँपालिकाबाट श्यामनारायण श्रेष्ठ, रविन्द्र पौडेल, रन्ज मगर कैलाश दर्लामी रहेका छन भने रामेछाप नगरपालिकाबाट शिशिर खड्गी, जनकराज सुनुवार, पवित्र श्रेष्ठ र पृथ्वी नारायण श्रेष्ठ रहेका छन् ।
गोकुलगंगा गाउँपालिकाबाट प्रज्ञान खड्का, विष्णु कार्की र राजकुमार वस्नेत, उमाकुण्ड गाउँपालिकाबाट मदन कालिकोटे, सरिता रसाइली, वाङछु शेर्पा र जितनारायण श्रेष्ठ रहेका छन् ।
यसअघि रामेछापबाट बागमती प्रदेश कमिटीमा रामेछापबाट नौ जनाको सहभागीता रहेका छ । आजबाट सुरु भएको सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वको लागि दोलखाका विशाल खड्का, सिन्धुपाल्चोकका सरल सहयात्री र काभ्रेका दिनानाथ गौतमले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्