कांग्रेसको सभापति जित्न दुई हजार २८२ मत चाहिने



२८ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान अनुसार २ हजार २८२ मत ल्याउनेले सभापतिमा निर्वाचित हुने भएको छ ।
राष्ट्रियसभा गृहमा अहिले मतगणना सुरु भइरहेको छ । दोस्रो चरणको निर्वाचनमा शेरहादुर देउवा र डा. शेखर कोइराला प्रतिस्पर्धामा छन् ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि भएको दोस्रो चरणको मतदानमा ४५६२ मत खसेको छ । अब सभापतिमा निर्वाचित हुन २२८२ मत चाहिन्छ । तीन घण्टाभित्र मतपरिणाम सार्वजनिक हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
1kqGD, 9t81pyyw, gvv2A, mXfxoGdP, uA1LQ8Bp9, JLcXICHyJANv, uo5Epkn5, wCBqAGLNxx4Z0GLh, BfHC, Ndswu59hl4