एमाले रामेछापकाे इन्चार्जमा पुनः कैलाश ढुंगेल



२९ मंसिर, काठमाडौं ।
नेकपा एमाले रामेछापको जिल्ला इन्चार्जमा कैलाश ढुंगेल चयन भएका छन् । एमालेको पहिलो केन्द्रीय कमिटीको देशभरका सबै जिल्लाका इन्चार्ज बनाएको छ । जस अन्तर्गत रामेछापको जिल्ला इन्चार्जमा ढुंगेल चयन भएका हुन् । पार्टीको महाधिवेशन अगाडि पनि ढुंगेल नै जिल्ला इन्चार्ज रहेका छन् ।

बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका ढुंगेलले आफ्नो कार्यकालमा जिल्लामा पार्टीलाई बलियो बनाएको बताउदै आगामी तीनै तहको निर्वाचनमा पहिलो पार्टी बनाएने गरी गरी कार्यक्रम सञ्चालन गरिने रामेछाप न्युजलाई बताए । उनले भने,‘अब रामेछापमा पार्टीलाई पहिलो बनाउने अभियान जिल्लाभर सुरु गछौं ।’

प्रतिक्रिया दिनुहोस्