सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामेछापका कँडेल नियुक्त



३० मंसिर, काठमाडौं ।

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कँडेल नियुक्त भएका छन् । रामेछाप मन्थली नगरपालिका–८ चिसापानी निवास कँडेललाई बैंकको संचालक समितिको बैठकले हाल बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृतबाट सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । कँडेललाई ४ वर्षको लागि सीईओ नियुक्त गर्ने निर्णय गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमको कार्यकाल सकिएपछि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रहेका कँडेललाई बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । बैकका नवनियुक्त सीईयो कँडेल रामेछाप निवासी हुन् । कँडेल रामेछापस्थित गौरीशकंर माविमा पूर्व विद्यार्थी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
hC9ufbu, hnbGUXF, u9Cov28t1m, X2qdmswLLUuiYov, leJHV, EhSmjgAOhHZ24MyE, FZu922oXGTq6sKP, CVmXtNPl3CHCl1CX, 4ItfHUlasmcW0Ko