एमालेको जिल्ला अधिवेशनमा ४ सय प्रतिनिधि सहभागी हुने



६ पुस, रामेछाप ।
नेकपा एमाले रामेछापमा यही पुस २३ गते हुने आठौ जिल्ला अधिवेशनमा करिब चास सय प्रतिनिधि सहभागी हुने भएका छन् । नयाँ नेतृत्व चयन गर्नको लागि हुन लागेको जिल्ला सम्मेलनमा जिल्लाको आठ वटा स्थानीय तहबाट झण्डै चार सय प्रतिनिधि सहभागी हुने भएका हुन् ।
नेकपा एमाले रामेछापका अध्यक्ष शान्ति पौडेलले जिल्ला सम्मेलनमा चार सय भन्दा बढी प्रतिनिधि सहभागी हुने गरी गृहकार्य भइरहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘हामीले चार सय प्रतिनिधि सहभागी गराउने विषयमा छलफल चलाएका छौ, मापदण्ड बनाएर प्रतिनिधि चयनको काम अगाडि बढाउँछौ ।’ जिल्ला अधिवेशन अन्तर्गत पुस १७ गते जिल्लाको ६४ वटै वडामा वडाबाट अधिवेशन प्रतिनिधि छनोट गरिने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्