माओवादीको राष्ट्रिय महाधिवेशनमा मोक्तान केन्द्रीय प्रतिनिधि चयन



१० पुस, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको भोलीबाट काठमाडौंमा सुरु हुने राष्ट्रिय महाधिवेशनको लागि पूर्व व्रिगेड कमाण्डर एवं दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान केन्द्रीय प्रतिनिधिमा चयन भएका छन् । पूर्व जनमुक्ति सेनाबाट ब्रिगेड कमाण्डरसम्मलाई प्रतिनिधि बनाउने नीति अनुरुप मोक्तान चयन भएका हुन् । नेकपा माओवादी बागमती प्रदेश कमिटीका सदस्य समेत रहेका नेता मोक्तान प्रतिनिधिमा चयन भएसँगै रामेछाप माओवादीबाट प्रतिनिधि हुने संख्या ११ पुगेको छ । यसअघि माओवादीले जिल्लाबाट सहभागी सात जना प्रतिनिधि चयन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्