रामेछापका ४४ जना एमाले कार्यकर्तालाई सम्मानित नेता खनालले गराए पार्टी प्रवेश (नामसहित)



१० पुस, काठमाडौं ।
नेकपा एमाले दोरम्बा शैलुङ गाउँपालिकाका र खाँडादेवी गाउँपालिकाका ४४ जना एमालेका नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा (एस) रामेछाप– काठमाडौं सम्पर्क मञ्चद्धारा शनिवार राजधानीमा आयोजित एक कार्यक्रमकोबीच पार्टीका सम्मानित नेता झलनाथ खनालले एमाले परित्याग गरेका कार्यकर्तालाई खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।
त्यसैबीच राजु घिसिङ्गको अध्यक्षतामा ३१ सदस्सिय भिरपानी–काठमाडौ सम्पर्क मन्च गठन भएको छ । साथै आजै आयोजित चिसापानीको भेलाबाट शुभाष कुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्सिय चिसापानी–काठ्माडौं सम्पर्क मन्च गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्