शैलुङमा हिउ परेसँगै हिउ खेल्ने पर्यटकको घुइँचो (फोटोफिचर)



१७ पुस, रामेछाप ।
रामेछाप र दोलखाको संगमस्थल पर्यटकीय क्षेत्र शैलुङ्गमा यस बर्ष पहिलो पटक हिउ परेको छ । बर्षातसँगै सैलुङ्ग क्षेत्रमा बाक्लो हिमपात भएको हो । हिउपातको कारण सैलुङ्गका सबै डाडाकाँडा हिउले ढाकिएको छ । हिउ परेसँगै हिउ खेल्ने सदरमुकाम मन्थली र राजधानी काठमाडौंबाट आन्तरिक पर्यटकको घुइँचो लागेको छ । हिउ परेसँगै रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकाको दोरम्बा डडुवा लगायतका ठाउँमा पहलपहलसँगै व्यापार व्यवसायसम्म बढेको छ ।

शैलुङ्ग पर्यटकीय क्षेत्रका अभियन्ता दावा साङबु शेर्पाले हिउपात भएसँगै पर्यटकीय क्षेत्र शैलुङ्गमा आन्तरिक पर्यटकको संख्या ह्वातै बढेको भएको रामेछाप न्युजलाई बताए । शैलुङ क्षेत्रमा हरेक बर्ष हिउदको समयमा हिमपात हुँदै आएको छ । यस बर्ष भने पुसमा हिउ परेको पहिलो पटक हो । रामेछाप र दोलखाबाट सडकको पहुँच पुगेको कारण हिउ खेल्नकै लागि पर्यटकहरु आउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्