एमाले रामेछापको अध्यक्षमा आनन्द श्रेष्ठद्धारा उम्मेदवारी घोषणा, आकांक्षी थपिदै



१९ पुस, रामेछाप ।

नेकपा एमाले रामेछापका जिल्ला सचिव आनन्द श्रेष्ठले अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छन् । पुस २३ गते हुने एमालेको आठौं जिल्ला अधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यसअघि तत्कालिन नेकपा दुई समुहमा विभाजित हुँदा श्रेष्ठ एमालेको अध्यक्ष भएर काम गरेका थिए

तर अन्तिम चरणमा दस बुँदे सहमति भएसँगै उक्त सहमति कार्यान्वय गर्दै श्रेष्ठले अध्यक्षमा शान्ति पौडेललाई जिम्मेवारी दिदै सचिवको जिम्मेवारी सम्हालेका थिए । हालका अध्यक्ष शान्ति पौडेल पुनः अध्यक्ष नहुने अनौपचारिक घोषणा गरेसँगै श्रेष्ठ अध्यक्षको लागि उम्मेदवारी दिने भएका छन् । श्रेष्ठसँगै अध्यक्षको लागि अन्य नेताहरुले दौडधुप बढाए पनि औपचारिक रुपमा अझै उम्मेदवारी घोषणा गरिसकेका छैनन् । पार्टीलाई संकट पर्दा अध्यक्ष भएर काम गरेकाले पनि श्रेष्ठलाई नै अध्यक्ष बनाएर जाने सम्भावना बढी रहेको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्