बेथानको पानीघाटमा वीरता दिवस मनाइयो



१९ पुस, रामेछाप ।
नेकपा माओवादी केन्द्रले रामेछापको सुनापति गाउँपालिका–४ बेथानस्थित पानीघाटमा २६ औं वीरता दिवस मनाएको छ । २६ बर्ष अघि तत्कालिन जनयुद्धको समयमा माओवादीले बेथानको प्रहरी चौकी कब्जा गर्न सफल भएको दिनलाई वीरता दिवसको रुपमा मनाउदै आएको छ ।

बेथान प्रहरी चौकी आक्रमण गर्ने क्रममा माओवादीका तिर्थ बहादुर गौतम, फत्त बहादुर स्लामी मगर र दीलमाया बम्जन शहीद भएका थिए । आज नेकपा माओवादी सुनापति गाउँ कमिटीद्धारा आयोजित वीरता दिवस कार्यक्रममा नेकपा माओवादी बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्री, प्रदेश कमिटीका सचिव इन्द्रबहादुर थिङ, संविधानसभाका सदस्य डिल्लीमान तामाङ, सुनापति गाउँपालिकाका उपाध्यक्ष गीता विष्ट,नेकपा माओवादी केन्द्र सुनापति गाउँ कमिटीका अध्यक्ष ठूलोकान्छा तामाङ लगायतको सहभागीता रहेको थियो ।

पानीघाटमा हाल सुनापति गाउँपालिकाको लगानीमा दिफदी शहीद स्मृति पार्क निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्