देवशकंरलाई कैलाश ढुंगेलको प्रश्न–पार्टीमा के नपुगेर समाजवादीमा जानु भएको हो ?



२३ पुस, रामेछाप ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका इन्चार्ज कैलाश ढुंगेलले आगामी चुनावमा अरु दललाई धुलो चटाउने बताएका छन् । उनले प्रतिपक्षमा रहदा समेत एमालेप्रति दिनहुँ आकर्षण बढिरहेको बताउदै आगामी चुनावमा ठूलो दल बन्नबाट कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका हुन् । उनले एमाले छोडेर गएकाहरुलाई अलमलमा नपरी पार्टीमै फर्कन आग्रह गर्दै ढुंगेलले बाटो बिराएर गन्तव्यमा नपुगिने बताए । उनले भने,‘अन्य दल गठबन्धन बिना चुनावमा जान डराईरहेका छन्, आउने चुनावमा अन्य दल जसरी आए पनि एमालेले धुलो चटाइ दिन्छ ।’
शनिवार एमाले रामेछापको आठौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई मन्थलीमा सम्बोधन गर्दै उनले संसद विघटन नभएको भए कम्युनिष्ट आन्दोलन नै समाप्त हुने अवस्था आएको बताए ।

नेकपा एकिकृत समाजवादीमा गएका नेता देवशंकर पौडेलप्रति लक्षित गर्दै उनले भने,‘एमालेबाटै सांसद जितेको, पार्टीको तत्कालिन कार्यकारी पद चलाएको र पटक पटक जिल्ला इन्चार्ज भएको भन्दै के नपुगेर पार्टी छोडेको भन्दै प्रश्न पनि गरे ।’

प्रतिक्रिया दिनुहोस्