एमाले रामेछापको उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी दर्ता



२४ पुस, रामेछाप ।
नेकपा एमाले रामेछापको उपाध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । भुवन घिमिरे, इन्द्र तामाङ, नारायण प्रसाद पौडेल, धु्रव कार्की र रमेश वाग्लेले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । पदाधिकारी मध्ये उपाध्यक्षमा सबै भन्दा धेरै उम्मेदवारी दर्ता भएको हो ।
अध्यक्षमा तीन जना, सचिवमा तीन जना र सहसचिवमा चार जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कमिटीले जनाएको छ ।

पदाधिकारी मध्ये अध्यक्ष र सचिव कार्यकारी पद भएकाले रोचक भिडन्त यी दुई पदमा हुने भएको छ । पदाधिकारी जित्नको लागि चार सय मत कटाउनु पर्ने अवस्था रहेको छ । निर्वाचन कमिटीले ८ सय १४ जना मतदाता रहेको नामावली सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्