रामेछापमा अब २५ जना भन्दा बढी भेला हुन नपाउने, यस्तो छ जिप्रका रामेछापको १५ बुँदे निर्णय



२८ पुस, रामेछाप ।
कोरोना संक्रमणको दर तीब्र रुपमा बढेसँगै रामेछाप जिल्लामा पनि स्वास्य मापदण्ड पालना गर्न कडाई गरिने भएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीको अध्यक्षमा बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ । प्रजिअ पहाडीद्धारा जारी विज्ञप्तीमा जिल्लावासीलाई स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको छ । बैठकले भिडभाड हुने कुनै पनि गतिविधि नगर्न र खोप कार्ड साथैमा बोकेर हिडन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्