दुई विधेयक पारित गर्दै सकियो रामेछाप नगरपालिकाको दशाै‌ नगर सभा (फोटोफिचर)



२८ पुस, रामेछाप ।
दुई वटा विधेयक पारित गर्दै रामेछाप नगरपालिकाको दशौं नगर सभा सम्पन्न भएको छ । नगरपालिकाका उपप्रमुख सृजना खड्काले सभामा पेश गरेको आर्थिक बर्ष २०७८/०७९ को पुरक विनियोजन विधेक २०७८ र रामेछाप नगरपालिकाका कर्मचारीहरुको सेवा व्यवस्थापन गर्न बनेको विधेक २०७८ सर्वसम्मत रुपमा पारित भएको हो ।
नगरप्रमुख नर बहादुर थापा मगरको अध्यक्षतामा बसेको नगरसभामा नगरपालिकाको समग्र विकास निर्माण र आगामी नीतिको विषयमा छलफल भएको थियो ।
नगरसभामा नगरपालिकोको समग्र विकास र सेवा प्रवाहमा योगदान पुर्याएको भन्दै कर्मचारीहरुलाई नगरप्रमुख थापामगर र नगर उपप्रमुख सृजना खड्काले संयुक्त रुपमा प्रशंसा पत्र मार्फत सम्मान गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्