खाँडादेवी गाउँपालिकाद्धारा पत्रकार रायमाझी सम्मानित



२९ पुस, रामेछाप ।
खाँडादेवी गाउँपालिकाको समृद्धिको लागि कलम चलाएको भन्दै पत्रकार मधुसुदन रायमाझीलाई खाँडादेवी गाउँपालिकाले सम्मान गरेको छ । खाँडादेवी गाउँपालिकाको आज बसेको दशौं गाउँ सभामा आयोजित कार्यक्रममा पत्रकार रायमाझीलाई सम्मान गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले नगद पाँच हजारसहित सम्मानपत्र प्रदान गरेका हुन् । उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास लगायतको सहभागीता रहेको थियो । नेपाल समाचारपत्रमा कार्यरत पत्रकार रायमाझीलाई गाउँपालिकाले अगाडि सारेका विकास निर्माणको कार्यहरुलाई सूचना प्रभाव गरी उल्लेखनीय योगदान गरेको भन्दै सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्