एमाले रामेछापको पदाधिकारीमा महिलाको सहभागीता शुन्य



३० पुस, रामेछाप ।
नेकपा एमाले रामेछापको नयाँ पदाधिकारीमा सबै पुरुषको मात्र निर्वाचित भएका छन् । पदाधिकारीमा एक जना पनि महिलाले उम्मेदवारी नदिएसँगै पाँच सदस्यीय पदाधिकारीमा पुरुष मात्र भएका हुन् । एमालेको विधानमा महिलाको सहभागीता उल्लेख गरेपनि पदाधिकारीमा अनिवार्य रुपमा महिलाको सहभागीताको व्यवस्था नगरिएको कारण एक जना महिला पनि जिल्ला नेतृत्वमा नअटाएका हुन् । एमालेले जिल्ला कमिटीको सदस्यमा भने महिलाहरुको सहभागीता सुनिश्चित गरेको छ ।

यसअघि पनि एमालेको पदाधिकारीमा महिलाको सहभागीता रहेको थिएन । यस पटक पदाधिकारीमा महिलाको सहभागीताको अपेक्षा गरेपनि जिल्लामा दर्जनौ महिला नेतृहरु हुँदा समेत पदाधिकारीमा उम्मेदवारी दिएर चुनाव लडन् आँट नगरेको एमाले वृत्तमा चर्चाको विषय बनेको छ ।
आठौ महाधिवेशनबाट अध्यक्षमा आनन्द श्रेष्ठ, उपाध्यक्षमा इन्द्र बहादुर तामाङ, सचिवमा पुरुषोत्तम कडरिया र उपसचिवद्धयमा प्रकाश कुमार कार्की र होतराज ढकाल निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्