वैशाखमा हाेला स्थानीय तहको निर्वाचन ?



७ माघ, काठमाडौं ।
आगामी वैशाखमा स्थानीय तहको निर्वाचन नहुने करिब निश्चित भएको छ । निर्वाचन आयोगले सरकारलाइ माघको पहिलो साता निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेपनि सत्ता गठबन्धनबीच भने स्थानीय तहको निर्वाचन स्थगित गरेर प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने गृहकार्य अगाडि बढाएको छ । सत्ता गठबन्धनमा सहमति जुटन नसक्दा सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा हुन सकेको छैन् ।

निर्वाचनको मिति तय गर्न आज बसेको सरकार सञ्चालन समन्वय समितिको बैठकले स्थानीय तहको भन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालेको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको छ महिना पुगेको अवसरमा सरकारको उपलब्धि सार्वजनिक गर्दै एक बर्षभित्र तीनै तहको निर्वाचन हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्