वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्छः अध्यक्ष तामाङ



१० माघ, रामेछाप ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले संवैधानिक व्यवस्था अनुसार आगामी वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन् । उनले संविधानमा स्थानीय तहमा जनप्रतिनिधि विहीन हुने कल्पना नगरिएको बताउदे तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएका छन् ।

उनले संविधान र कानुनमा स्पष्ट रुपमा उल्लेख गरिएको विषयलाई तोडमोड गरेर अपव्याख्या गर्न नहुने बताउदै बहानाबाजीमा निर्वाचनको मिति धकेल्न खोज्नु दुर्भाग्य हुने बताए

। हरेक पाँच बर्षमा स्थानीय तहको निर्वाचन मार्फत नागरिकले आफ्नो जनप्रतिनिधि छान्न पाउने अधिकारबाट बञ्चित गर्न नहुने बताउदै अध्यक्ष तामाङले अहिले स्थानीय तहको निर्वाचनको सार्नु जनतामाथि धोका भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्