चोरी मुद्दामा फरार रामेछापका थापामगर १७ बर्षपछि पक्राउ



१० माघ, रामेछाप ।
चोरी मुद्दामा अदालतबाट जेल सजाय सुनाइएपछि फरार रहेका रामेछापका एक व्यक्तिलाई प्रहरीले १७ बर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट ०६१ साल जेठ ११ गते चोरी मुद्दामा दोषी ठहर गर्दै जरिवाना र जेल सजाइ सुनाइएका दोरम्बा शैलुङ्ग गाउँपालिका–२ गौश्वाराका ४५ बर्षिय श्याम बहादुर थापामगरलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो ।

फरार रहेका थापामगरलाई गोश्वराको पासिवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार दोषी थापामगरलाई जिल्ला अदालत रामेछाप रामेछापको आदेश बमोजिम जिल्ला कारागार रामेछापमा पठइएको छ ।

प्रतिक्रिया दिनुहोस्