४० लाख जरिवानाको फैसला सुनाइएका रामेछापका श्रेष्ठ पक्राउ



११ माघ, रामेछाप ।

उच्च अदालत पाटनबाट बैकिङ कसुर मुद्दामा ४० लाख जरिवाना र कैद सुनाइएका रामेछापका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सुनापति गाउँपालिका–५ घर भएर काठमाडौं बस्दै आएका ४४ बर्षिय तोरणबाबु श्रेष्ठले जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले लुभुघाट नाकाबाट पक्राउ गरेको हो ।

२०७७ जेठ २७ गेत श्रेष्ठलाई बैकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम दस दिन कैद र ४० लाख रुपैयाँ जरिवानको फैस्ला गरेको थियो । अदालतको उक्त फैसलासँगै श्रेष्ठ फरार रहदै आएका थिए । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दाज नभएको जानी जानी झुक्याएर पीडितलाई चेक दिएको थिए । खाली चेक दिएको भन्दै पीडितले अदालतमा मुद्दा दायर गरेको थिए । अदालतको फैसला कार्यान्वयन अन्तर्गत आजै श्रेष्ठलाई जिल्ला अदालत रामेछापमा पेश गरिएको प्रहरी निरीक्षक श्रेष्ठले रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्