एमाले र कांग्रेस छोडेर रामेछापका १३७ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश



११ माघ, काठमाडौं ।
नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरेर रामेछापका १ सय ३७ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । खाँडादेवी गाउँपालिकाबाट एमाले र कांग्रेस परित्याग गरेर १ सय ३७ जना नेकपा एसमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा एमालेका नोर्बु लामा, श्याम लामा, रमेश लामा, प्रदीप लामा, अशोक लामासहितका नेता कार्यर्ताहरु नेकपा समाजवादीमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसबाट अक्षयकुमार खत्रीसहितका नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरेका छन् ।


काठमाडौंको चक्रपथस्थित अरिकल इभेन्ट्समा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उनीहरुलाई पार्टी प्रवेश गराएका छन् । पार्टीका अध्यक्ष नेपालको प्रमुख आतिथ्यतामा १ सय ३७ जना युवालाई पार्टी प्रवेश गराएको नेकपासमाजवादी पार्टी रामेछापका जिल्ला सह–इन्चार्ज होम बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्