सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्छः आयुक्त भण्डारी



११ माघ, काठमाडौं ।

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सरकारले संवैधानिक व्यवस्था अनुसार तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । उनले निर्वाचन आयोग स्थानीय तहको चुनावको लागि जुटिसकेको बताउदै निर्वाचनको मिति घोषणा गर्न संविधान र कानुनी रुपमा कुनै पनि समस्या नरहेको बताएका हुन् ।
उनले रामेछाप न्युजसँग कुराकानी गर्दै भने,‘निर्वाचनको मिति घोषणा गर्नको लागि संविधान र कानुनमा कुनै पनि समस्या छैन, स्थानीय तहको निर्वाचन यही वैशाखमा घोषणा गर्नुपर्छ ।’संविधान अनुसार आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने व्यवस्था स्पष्ट रुपमा लेखिएको बताउदै कानुनमा पनि अस्पष्टता नभएको बताए ।
‘निर्वाचन आयोगले वैशाखमा चुनाव गर्न दिएको सुझाव अनुसार सरकारले चुनावको मिति घोषणा गर्न ढिला गर्नु हुँदैन,चुनाव गर्ने बेलामा कानुन र संविधानको अपव्याख्या गर्न आवश्यक छैन् ।’
नेपालको अवस्थामा तीनै पटकको निर्वाचन गराउन सम्भव नभएको बताउदै आयुक्त भण्डारीले संविधान र कानुनले एकै पटक तीनै तहको निर्वाचनको कल्पना नगर्नुको साथै आर्थिक रुपमा सहज नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्