रामेछापमा १० बर्षमा ३२ हजार जनसंख्या घट्यो, जिल्लामा पुरुष भन्दा महिला बढी



१२ माघ, काठमाडौं ।
रामेछाप जिल्लामा दस बर्षको अवधिमा ३२ हजार जनसंख्या घटेको छ । २०६८ सालको जनगणना अनुसार जिल्लाका २ लाख २६ हजार ४६ जनसंख्या रहेकोमा दस बर्षको अवधिमा ३२ हजार जनसंख्या घटेर १ लाख ७० हजार ६२० मा झरेको छ । केन्द्रीय तथ्याङक विभागको प्रारम्भिव जनसंख्याको तथ्याङक अनुसार रामेछापमा पुरुषको भन्दा महिलाको जनसंख्या बढी देखिएको छ । रामेछापमा पुरुषको जनसंख्या ८० हजार ७७८ र महिलाको जनसंख्या ८९हजार ८४२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्