रामेछापको आठ स्थानीय तहको यस्तो छ नयाँ जनसंख्या, कुन स्थानीय तहमा कति ?



१३ माघ, काठमाडौं ।
रामेछाप जिल्लामा जनसंख्या बृद्धिदर कम भएको कारण दस बर्षको अवधिमा ३२ हजार जनसंख्या घटेको छ । २०६८ सालको जनगणना अनुसार २ लाख २६ हजार ४६ जनसंख्या रहेकोमामा रामेछापको जनसंख्या २०७८ को जनगणनामा घटेर १ लाख ७० हजार ६२० मा झरेको छ ।

केन्द्रीय तथ्याङक विभागको प्रारम्भिक जनसंख्याको तथ्याङक अनुसार रामेछापमा पुरुषको भन्दा महिलाको जनसंख्या बढी देखिएको छ । रामेछापमा पुरुषको जनसंख्या ८० हजार ७७८ र महिलाको जनसंख्या ८९हजार ८४२ रहेको छ ।त्यसैगरी रामेछापको आठ वटै स्थानीय तहको जनसख्या पनि सार्वजनिक भएको छ ।
आठ स्थानीय तह मध्य सबै भन्दा बढी जनसंख्या मन्थली नगरपालिकामा र सबै कम जनसंख्या सुनापति गाउँपालिकाको रहेको छ ।

२०७८ को प्रारम्भिक जनगणना अनुसार रामेछापको स्थानीय तहको जनसंख्या
दोरम्बा शैलुङ गाउँपालिकाको जनसंख्याः १७५२९
गोकुलगंगा गाउँपालिकाको जनसंख्याः १८३६३
खाँडादेवी गाउँपालिकाको जनसंख्याः १९३८१
लिखु तामाकोसी गाउँपालिकाको जनसंख्याः१८६७५
मन्थली नगरपालिकाको जनसंख्याः४०२३०
रामेछाप नगरापलिकाको जनसंख्याः२५११७
सुनापति गाउँपालिकाको जनसंख्याः १४६१६
उमाकुण्ड गाउँपालिकाको जनसंख्याः१६७०९

प्रतिक्रिया दिनुहोस्