रामेछापमा जनसंख्या भन्दा मतदाताको संख्या धेरै, किन भयाे यस्ताे ?



१४ माघ, रामेछाप ।
रामेछाप जिल्लामा जनसंख्या भन्दा बढी मतदाताको संख्या देखिएको छ । दस बर्षको अवधिमा रामेछापमा ३२ हजार जनसंख्या घटेसँगै जगणनाको विषयलाई लिएर स्थानीय तहहरुले प्रश्न उठाएका छन् । २०६८ सालको जनगणना अनुसार रामेछापको जनसंख्या २ लाख २६ हजार रहेकोमा २०७८ को जनगणना अनुसार १ लाख ७० हजारमा झरेपछि रामेछापमा नयाँ बहस सुरु भएको छ ।

अझ रोचक त के छ भने रामेछाप जिल्लामा पछिल्लो जनसंख्या भन्दा बढी मतदाताको संख्या रहेको छ । जनसंख्या १ लाख ७० हजार हुँदा मतदाताको संख्या भने १ लाख ७७ रहेको जिल्ला निर्वाचन कार्यालय रामेछापले बताएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर साहले पछिल्लो तथ्याङक अनुसार रामेछापको आठ वटा स्थानीय तहमा गरी मतदाताको संख्या १ लाख ७७ भन्दा बढी रहेको रामेछाप न्युजलाई बताए । उनका अनुसार मतदाताको संख्या अझै बढने अनुमान गरिएको छ ।

रामेछाप जिल्लामा जनगणना तथ्यपरक नभएको टिप्पणी सुरु भएको छ । जनसंख्या भन्दा बढी मतदाताको संख्या हुनु र १६ बर्ष भन्दा मुनिको जनसंख्याको अभिलेख नै नरहेको पाइएपछि स्थानीय तहदेखि सरोकारवाला निकायहरुले जनगणनामाथि नै प्रश्न उठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्