रामेछापमा जनसंख्या भन्दा मतदाता कसरी बढे ?



१४ माघ, रामेछाप ।
रामेछाप जिल्लामा जनसंख्या भन्दा मतदाताको संख्या बढी देखिएपछि गम्भीर प्रश्न खडा भएको छ । जनगणनाको क्रममा सत्यतथ्य तथ्याङ्ग संकलन भएकोमा आशंका उब्जिएको छ । केन्द्रीय तथ्याङ्ग विभागले सार्वजनिक गरेको प्रारम्भिव जनगणनामा रामेछापमा दस बर्षको अवधिमा ३२ हजार जनसंख्या घटेको छ । २ लाख २६ जनसंख्या रहेको रामेछापको जनसंख्या घटेर अहिले १ लाख ७० हजारमा झरेको छ । जनसंख्यासँग बाझिने गरी मतदाताको संख्या भने बढी देखिएको छ ।

निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर साहले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार जिल्लामा हाल मतदाताको संख्या १ लाख ७६ हजार भन्दा बढी रहेको छ । साहले रामेछापका नागरिक काठमाडौं उपत्यकामा बढी भएकाले त्यहीँ जनगणना भएको कारणले पनि जिल्लाको जनसंख्या घटन गएको हुन सक्ने बताउछन । तर रामेछापका स्थानीय तहले पनि भएको जनसंख्याको राम्रोसँग गनणा नगरेर केन्द्रीय तथ्याङ्ग विभागले गलत तथ्याङक दिएको बताए ।

मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले मन्थली नगरपालिकाले गरेको जनगणना अनुसार ५३ हजार जनसंख्या रहेपनि अहिलेको जनगणना अनुसार ४० हजार मात्र भन्नु पत्याउने विषय नभएको बताए । उनले भने,‘जनसंख्या घटेसँगै संघीय सरकारबाट आउने बजेट पनि घटछ, जनसंख्या घटनु भएको हाम्रो नीति निर्माण तहमै असर पुग्नु हो ।’

प्रतिक्रिया दिनुहोस्
ODnvGX, 9AzM8NXgujn6lo, hiym2Is9y, f3bHBGsz4yf8dPW, 30D9qqbmfYTXSI, bRSKuzYTLhMeoh, 01pv4yBNiG9M, 3gKsdDsX, 5IVTb, 464qHcRki