रामेछापमा जनसंख्या भन्दा मतदाता कसरी बढे ?



१४ माघ, रामेछाप ।
रामेछाप जिल्लामा जनसंख्या भन्दा मतदाताको संख्या बढी देखिएपछि गम्भीर प्रश्न खडा भएको छ । जनगणनाको क्रममा सत्यतथ्य तथ्याङ्ग संकलन भएकोमा आशंका उब्जिएको छ । केन्द्रीय तथ्याङ्ग विभागले सार्वजनिक गरेको प्रारम्भिव जनगणनामा रामेछापमा दस बर्षको अवधिमा ३२ हजार जनसंख्या घटेको छ । २ लाख २६ जनसंख्या रहेको रामेछापको जनसंख्या घटेर अहिले १ लाख ७० हजारमा झरेको छ । जनसंख्यासँग बाझिने गरी मतदाताको संख्या भने बढी देखिएको छ ।

निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर साहले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार जिल्लामा हाल मतदाताको संख्या १ लाख ७६ हजार भन्दा बढी रहेको छ । साहले रामेछापका नागरिक काठमाडौं उपत्यकामा बढी भएकाले त्यहीँ जनगणना भएको कारणले पनि जिल्लाको जनसंख्या घटन गएको हुन सक्ने बताउछन । तर रामेछापका स्थानीय तहले पनि भएको जनसंख्याको राम्रोसँग गनणा नगरेर केन्द्रीय तथ्याङ्ग विभागले गलत तथ्याङक दिएको बताए ।

मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले मन्थली नगरपालिकाले गरेको जनगणना अनुसार ५३ हजार जनसंख्या रहेपनि अहिलेको जनगणना अनुसार ४० हजार मात्र भन्नु पत्याउने विषय नभएको बताए । उनले भने,‘जनसंख्या घटेसँगै संघीय सरकारबाट आउने बजेट पनि घटछ, जनसंख्या घटनु भएको हाम्रो नीति निर्माण तहमै असर पुग्नु हो ।’

प्रतिक्रिया दिनुहोस्